‘मोहर’ प्रचारमा देशदौडाहमा पल शाह


अभिनेता पल शाहको नयाँ चलचित्र ‘मोहर’ रिलिजको तयारीमा रहेको छ। लगातार चलचित्र असफल भैरहेको अवस्थामा पलको लागी यो चलचित्र व्यावसायिक हिसाबले चल्नपर्ने दबाब रहेको छ। रिलिज मिति नजिकिदै गर्दा पल यतिबेला चलचित्रको प्रमोसनमा व्यस्त देखिएका छन्। मिडिया अन्तर्वार्ता देखि देशकका विभिन्न स्थानमा पल पुगिरहेका छन्। साउन २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको प्रमोसनका लागि पल चितवन पुगेका छन्। चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए। उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । चलचित्रको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए ।

नायक शाह र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग चलचित्र हेर्न आग्रह गरेका थिए । दर्शकहरुले पनि ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए । पलले दर्शकहरुसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए । चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले आज पोखरामा आयोजना हुने कार्यक्रममा दर्शकसँग भेटघाट गर्नेछन् ।


फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।
चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ । देउकी प्रथाको कथामा आधारित चलचित्रलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्