सौगात र बेनिशाको ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक


साउन २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘सिटामोल’ को नयाँ गीत सार्वजनिक भएको छ। अन्जना खतिवडा र रवि ओडको स्वरमा रहेको ‘रातो पछ्यौरी’ सार्वजनिक भएको हो । सार्वजनिक गीतमा बाबुल गिरीले शब्द, संगीत तथा एरेञ्ज छ। गीतले नेपाली मौलिकता झल्काउने र चलचित्रको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।

केहि समय अगाडी सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको छ। नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको ट्रेलरमा प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको छ।

राज बहादुर सानेको निर्देशनमा तयार भएको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।


चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्। चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्