चलचित्र ‘कोशेढुंगा’को दोस्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक


चलचित्र ‘कोशेढुंगा’को दोस्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक भएको छ । रिदम कँडेल र वेनिशा पौडेलको स्वर, विदुर तिमिल्सिनाको शब्द, रिदम कँडेलकै संगीत गीतमा रहेको छ। सार्वजनिक गीतको भिडियोमा नायिका सुरक्षा पन्त र कलाकार मन्जिल कुमारलाई फिचरिङ गरिएको छ । भदौ १२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र पहिलो गीत नत्र भने जिन्दगी व्यर्थ छ’ले सामाजिक संजालमा दर्शकको राम्रो साथ पाइरहेको छ।

सरोज पौडेलको लेखन तथा निर्देशन चलचित्रमा रहेको छ। प्रेविल कँडेल र सुबलमणी सापकोटाको लगानी रहेको चलचित्र नरदेवी फिल्मस् प्रा.लिको ब्यानरसँग सहकार्य गर्दै सारङ्गी फिल्मस्ले निर्माण गरेको हो। यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सविन कट्टेल लगायतका कलाकारहरूको अभिनय छ ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको डीओपी, नहकुल खड्काको सम्पादन, खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत छ । चलचित्रलाई सेभेन सिज इन्टरनेशनलले विश्वका ४० बढी देशमा एकसाथ रिलिज गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्