भाइटिकामा एकसाथ प्रकाशको ‘सोल्टिनी’ र दयाको ‘बरिष्ठ बलराम’


पछिल्लो समय चलचित्रमा सर्वाधिक दुई व्यस्त नायक हुन् प्रकाश सपुत र दयाहाङ राई। यी दुवै एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् भने रिलिजको सेड्युल पनि उस्तै रहेको छ। प्रकाश अभिनित दुई चलचित्र ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ दशैँको फूलपातीमा रिलिज हुदैछन् । त्यो अगाडी प्रकाश मुख्य भूमिकामा रहेको चलचित्र ‘सोल्टिनी’ रिलिजको तयारीमा रहेको थियो।

तर यो मितिमा बर्षको प्रतिक्षित चलचित्र ‘जारी २’ आउने भएपछि यो चलचित्र पछाडी सर्यो। दया र मिरुना मगरको प्रतिक्षित चलचित्रको भिडन्त टार्न पछि सरेको चलचित्रको बक्सअफिस भिडन्त दयासंग नै हुने भएको छ। अर्थात् कार्तिक ६ मा दुई चलचित्र रिलिज कन्फर्म भएको हो। यो मितिमा दया र विजय बराल प्रमुख भूमिकामा रहेको चलचित्र ‘बरिष्ठ बलराम’ रिलिज हुने भएको छ। कात्तिकको ३ गतेबाट रिलिज हुने भनिएको चलचित्र अब कात्तिकको ६ गते पुगेको हो ।

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सोल्टिनी’ मा प्रकाश सपुतको साथमा परिक्षा लिम्बु, विल्सन विक्रम राई, सब्बु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । रेजिना बिष्ट र संसार चौलागाईंको लगानीमा बनेको चलचित्रलाई प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा तयार पारिएको हो।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको ‘बरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, गौमाया गुरुङ, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्