निताको चलचित्रबाट डेव्यु गर्दै सरोज अधिकारी
डान्स र म्युजिक भिडियो निर्देशनमा आफुलाई अब्बल सावित गरेका सरोज अधिकारीले अव चलचित्रमा डेव्यु गर्ने भएका छन्। डान्स समूह ‘कार्टुन्ज क्रू’ का सरोजले चलचित्र ‘पार्वती’बाट सहायक निर्देशकको रुपमा ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । यो चलचित्रलाई निता ढुंगानाले निर्देशन गर्दैछिन्।

निता र सरोज बीच कागजी सम्झौता भैसकेको छ। माघ १ गतेबाट रिलिज हुने चलचित्रको असोज बाट छायांकन सुरु हुनेछ। चलचित्रको पोष्टर सार्वजनिक भैसकेको छ। चलचित्रमा निता ढुंगाना र दिपाश्री निरौलाले काम गर्ने पक्का भैसकेको छ।