कस्तो छ दया र रिश्माको ‘रिमै’ शिर्ष गीत ?
चलचित्र ‘रिमै’ को शिर्ष गीत सार्वजनिक भएको छ। रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वरमा रहेको चलचित्रको टाइटल गीतमा दीपक शर्माको शब्द, संगीत रहेको छ । गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक गीतको भिडियोमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । लामो समयपछि यो चलचित्रबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को जोडी पुनः पर्दामा हेर्न पाइने भएको हो ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरेका छन्। चलचित्रमा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा वीरवल घले कार्यकारी निर्माता, टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।