३५ दिनमा सकियो ‘मिरमिरे’ छायांकन
चलचित्र ‘मिरमिरे’ को छायांकन ३५ दिनमा सकिएको छ। यम शेर्पाको निर्देशनमा तयार भएको चलचित्रको काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा छायांकन भएको हो । “अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ” निर्देशक शेर्पाले भने । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता र गोविन्द बोहरा, सुदिप कुँवर सह–निर्मातामा छन् ।

चलचित्र माघ १ गतेलाई रिलिज हुँदैछ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो । चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।