चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । रोहन विश्वकर्माको कोरियोग्राफी रहेको गीतमा आइटम डान्स जुना सुन्दासको छ । भिडियोमा किरण श्रेष्ठलाई पनि देख्न सकिन्छ।

गीत भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ । नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै छ । युवायुवतीको एकअर्काप्रतिको चाह गीत र भिडियोमा देख्न सकिन्छ । सुशान्त गौतमले निर्देशन गरेको चलचित्र सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको हो। भदौ २७ गतेबाट नेपाली र असोज ६ गतेबाट हिन्दि भर्सन रिलिज हुने चलचित्रलाई विनोद पौडेलले निर्माण गरेका छन्।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रमा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।