३६ को आँकडा’ मा पूजा शर्मा र पुष्प खड्काको जोडी
अभिनेता पुष्प खड्का केहि बर्ष चलचित्र क्षेत्रबाट हराए। लगातार चलचित्र असफल भएपछि केहि समय बिश्राम गरेका पुष्प अव चलचित्रमा फर्किएका छन्। सवीर श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र ‘३६ को आँकडा’मा उनि अनुबन्ध भएका छन्। चलचित्रमा यस अगाडी रेखा थापा, पूजा शर्मा र महेश त्रिपाठी अनुबन्ध भैसकेका छन्। निर्माण टिम र पुष्प बीच कागजी सम्झौता भैसकेको छ। चलचित्रमा उनको जोडी पूजा शर्मासंग बाँधिने छ।

तस्विर: गुगल
शनिबार कृष्ण जन्माष्टमीको अवसर पारेर शुभसाइत गरिने चलचित्रको छायांकन सोमबारबाट सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । दुश्मनजस्तै रहेका दिदी-बहिनीको सम्बन्धलाई हास्य शैलीमा देखाउने चलचित्रमा रेखा र पूजाले दिदी-बहिनीको भूमिका रुपमा देखिदैछन्। काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा बाबुराम निरौला र शिवम् अधिकारीको संयुक्त लेखन रहेको छ ।