‘कोशेढुंगा’ मा अभिनेत्री सुरक्षा पन्तको जोडी बनेका नव-नायक मन्जिल को हुन् ?
महिला कलाकारले लिड गरेको चलचित्र ‘कोशेढुंगा’ रिलिज को तयारीमा रहेको छ। भदौ १२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको गीत नत्र भने जिन्दगी व्यर्थ छ’ यतिबेला चर्चामा रहेको छ। यो गीतपछि निर्माण टिमले अर्को गीत सार्वजनीक गरेको थियो। ‘भंगेरा भगेरी’ बोलको नया गीतले पनि दर्शकको साथ पायो। पोष्टर र गीत दुवैमा अभिनेत्री सुरक्षा पन्तको अपोजिटमा एक नयाँ अनुहार देखिदैछन्। उनी हुन् मन्जिल कुमार। केहि नाटकमा अभिनय गरेका उनको यो डेव्यु चलचित्र हो । चलचित्रको उनको स्क्रिन स्पेश कति रहेको छ र उनले कस्तो प्रस्तुती दिनेछन् भन्ने चलचित्र रिलिज पछि थाह हुनेछ ।

सार्वजनिक प्रचार समाग्रीमा उनी गाउँले भूमिमा सुहाएको देखिएका छन्। केही सीमित सट र पोस्टरबाट अहिले नै उनको अभिनयको मूल्यांकन गर्न कठिन हुन्छ । चितवनका मन्जिल कुमार ‘कोशेढुंगा’ बाट अभिनयमा करियर खोज्ने प्रयास गरेका छन् । “अभिनयमा रुचि रहेको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ, त्यसैले यो चलचित्रमा अभिनय गरेँ,” मन्जिल भन्छन्, “ऐतिहासिक चलचित्रका निर्देशक र अब्बल र अनुभवी कलाकारसँग काम गर्न पाएँ, यो मेरा लागि ठूलो मौका हो ।” आफूले दर्शकलाई नबिजाउने खालको अभिनय गरेको उनको दाबी छ ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र मन्जिल कुमारसँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको छ ।चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ ।
नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।