गीतकार गणेश उप्रेतीको तीज गीत ‘ए साथी सँगि हो’ सार्वजनिक
तीज पर्वमा रातो सारी लगाएर माइती घरको आँगनीमा नाच्ने, दिदीबहिनीसँग भेटघाट गर्ने, दर खाने र भगवान शिवको आराधना गर्ने परम्परा हो ,हिन्दु नेपाली महिलाहरुको विशेष पर्व, हरितालिका तीजको अबसर पारेर गायिका पुनम गुरुङको आवाजमा रहेको तीजको गीत “ए साथी सँगि हो” को लिरिकल भिडियो गणेश उप्रेती (एरीना इन्टरटेन्टमेन्ट) यूटुब च्यानलमार्फत सार्वजनिक भएको छ । करुणा कंडेलको निर्माण रहेको यस गीतमा शब्द गीतकार गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।

रेडियो नेपालको स्टुडियोमा रेकोर्डिङ गरिएको यस गीतमा नेपाली मौलिकता र आधुनिकताको सन्तुलन पाईन्छ त्यसैले पनि सबै श्रोता तथा दर्शकको मन जित्ने विश्वास गीतकार उप्रेतीको रहेको छ । एक दशक देखी गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको “तिम्रो दिलको”“लगन जुरेर” “लाइदेउ माया” “नजर को गुलेली” “जाले रुमाल ” “दिल यहाँ ”जस्ता दर्जन बढी चर्चित गीतहरु यस अघी नै सार्वजनिक भैसकेका छन् ।