‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री
अर्जुन घिमिरे पाँडेको निर्देशनमा तयार भैरहेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री भएको छ ।अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्कीले चलचित्रको राइट्स किनेका छन् । शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् । व्यवसायिक सफलताको साथसाथै, उनी नेपाली कला, संगीत, चलचित्र र खेलकुद क्षेत्रलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन् ।

कार्कीले जानकारी दिए अनुसार उक्त चलचित्र नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ । “यो चलचित्र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ ।” कार्कीले बताए ।
चलचित्रमा गणेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, लगायतका कलाकारको अभिनय रहनेछ। यो चलचित्रमा मेयर बालेन शाहको गीत पनि रहनेछ।