अष्ट्रेलियाका २२ हलमा एकसाथ ‘माग्ने राजा’
भदौ ६ गतेबाट नेपाल रिलिज हुन् लागेको चलचित्र ‘माग्ने राजा’ अगस्ट २२ बाट नै अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ। अष्ट्रेलियाको वितरण कम्पनी केथ्रीजीले दर्शकहरुको माग आएका कारण अझै शो थपिरहेको उल्लेख गरेको छ । अष्ट्रेलियामा गोविन्द भण्डारीले यो चलचित्रलाई प्रदर्शन गर्नेछन्। अष्ट्रेलियामा दर्शकको माग अनुसार, विभिन्न शहरमा शो थप्दै जाने बताइएको छ ।

नेपालमा चर्चामा रहेको चलचित्रको ले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ । ऋषि लामिछानेको निर्देशनमा र मुनाल घिमिरेले निर्माण रहेको चलचित्रमा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई सामिप्यराज तिमल्सिनाले लेखेका हुन ।