‘परालको आगो’ को वर्कसपमा देखिए सौगात, प्रकाश र सुहाना
लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘परालको आगो’ को वर्कसप आइतबारबाट सुरु भएको छ । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित चलचित्रको वर्कसपमा कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने सहभागी छन् ।

प्रकाश केहि दिनको वर्कसपमा सहभागी भएर जापान कार्यक्रमका लागी उडेका छन्। वर्कसपमा चरित्र निर्माण, स्क्रिप्ट, प्रोडक्सन डिजाइन, कस्ट्यूम लगायतका विभिन्न विषयमा गहन छलफल भइरहेको छ। भदौ २६ गतेबाट चलचित्र छायांकनमा जाने तयारीमा रहेको छ ।
श्रीमान्-श्रीमती चामे र गौँथलीबीचको झगडाको कथा रहेको चलचित्रमा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् । हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रका लेखक सुशील देवकोटा हुन् ।