विल्सनको ‘मैझारो’ मा दयाको इन्ट्री, यस्तो छ लुक्स


विल्सन विक्रम राई (तक्मे बुढा) को पहिलो निर्देशकीय चलचित्र ‘मैझारो’ को यतिबेला धमाधम छायांकन भैरहेको छ । अन्तिम चरणमा पुगेको चलचित्रको छायांकनमा कलाकार दयाहाङ राई जोडिएका छन्। राई सम्मिलित दृश्यको मंगलबारबाट छायांकन सुरु गरिएको छ। लिम्बू पहिरनमा एक हातले भाला हान्दै गरेको दृश्यमा दया देखिएका छन्।

साउनको पहिलो हप्ताबाट इलाममा छायांकन सुरु गरिएको चलचित्रले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थताको कथा बोल्ने बताइएको छ। चलचित्रमा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभय राज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बू लगायतको अभिनय रहेको छ ।

अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहने चलचित्रको गीतमा राजेश पायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारीले स्वर दिएका छन् । चलचित्रलाई सौरभ लामाले खिचिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्