‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ को एडभान्स बुकिङ्ग खुल्ला, कसलाई कति छ शो ?


आगामी शुक्रबारबाट रिलिज तयारीमा रहेका चलचित्रको अग्रिम बुकिङ्ग मंगलबार नै खुलेको छ। ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ रिलिज तयारीमा रहेका छन्।

व्यापक प्रचारमा रहेको ‘माग्ने राजा’ लाई लिएर प्रदर्शक उत्साहित देखिएका छन्। चर्चामा रहेको चलचित्रको लागी मंगलबार देशभर ६८ शो मिलेको छ। रिलिजसम्म यो संख्या बढेर माथि पुग्ने निर्माण टिमको विस्वास रहेको छ। ऋषि लामिछाने निर्देशित र मुनाल घिमिरे निर्मित चलचित्रमा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । व्यापाक प्रचारमा रहेको चलचित्रको टिम मिडिया अन्तर्वार्ता देखि कलेज कार्यक्रममा पुगिरहेको छ। चलचित्रको हाइप राम्रो रहेको कारण ओपिनिङ्ग पनि सोहि अनुसार हुने अपेक्षा गरिएको छ।

हिमाल न्यौपाने निर्देशित चलचित्र ‘जनै हराएको मान्छे’ को पनि अग्रिम टिकट बुकिङ्ग खुलेको छ । बलियो स्टारकाष्ट भएको चलचित्रको प्रचार सामग्रीले राम्रै चर्चा पाएको छ । तर प्रमोसनमा केहि सुस्त देखिएको कारण चलचित्रको हाइप सोहि अनुसार बढ्न सकिरहेको छैन। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । चलचित्रले हालसम्म ४८ शो पाएको छ र रिलिजसम्म यो संख्या राम्रै बढ्ने अपेक्षा छ। पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रूपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन्।

प्रतिक्रिया दिनुहोस्