‘सकम्बरी’ मार्फत चलचित्र अभिनयमा कमब्याक गर्दै जीवन लुईटेल


नेपाली चलचित्र क्षेत्रमा आफ्नो सफल करियर बनाएका जीवन लुईटेल अव पर्दामा कमब्याक हुने भएका छन्। करिव ७ बर्षपछी उनी चलचित्र ‘सकम्बरी’ मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन्। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको चलचित्रको शिर्ष भूमिकाका लागी उनले बुधवार सम्झौता गरेका छन्। उनीसगै चलचित्रका लागी अर्पण थापाले पनि सम्झौता गरेका छन्।

शीर्ष भूमिका ‘सकम्बरी’ र निर्देशकबारे आउँदो साता जानकारी दिइने र तिहारपछि छायांकन हुने बताइएको छ। पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’का पात्रबाट प्रभावित भएर चलचित्र निर्माण गर्न लागिएको हो । यहि शिर्षकमा जीवनले नाटकमा अभिनय केहि समय अगाडी मात्र गरेका थिए। दोस्रो विश्वयुद्ध कालखण्डको समेत दृश्य उतार्नुपर्ने भएकाले यो चलचित्रलाई बर्मा (म्यानमार) र नेपालमा छायांकन गर्ने तयारी छ । जीवन अर्को चलचित्रमा पनि अभिनय गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्