९० केजी तौल भएकी अभिनेत्रीको खोजीमा नेपाली चलचित्रको टीम
नेपाली चलचित्र बजारमा अभिनेत्रीहरुको परिभाषा बदलिदो क्रममा रहेको छ। मिलेको शरीर, सुन्दर मुहार र फिगर अव गौड कुरा बन्दै गएका छन् । अभिनयले नै सफलता हासिल गर्न सकिने मापक तय हुँदै गएको छ।

यहि बीचमा निर्माणाधीन एक चलचित्रमा ९० केजी तौल भएकी अभिनेत्रीको खोजि सुरु भएको छ। दिपक ओलीको निर्देशनमा तयार हुने चलचित्र ‘चुल्हे निम्तो’ को लागी प्लस साइज अभिनेत्रीको खोजि भैरहेको छ। ९० केजी नै नभए पनि त्यो आसपासको तौल भएकी अभिनेत्रीको खोजि गरिरहेको निर्माण टिम अडिसनको तयारीमा रहेको छ।
कमेडी जनारमा बन्ने चलचित्रका लागी अन्य कलाकार फाइनल भए पनि निर्माण टिमले सार्वजनिक गरेको छैन। ग्रामीण समाजको कथावस्तुलाई कमेडी शैलीमा देखाउने चलचित्रको कथा महेश दवाडीले लेखेका हुन्। गोरखा, रोल्पा, पाल्पा, रसुवामा छायांकन गर्ने तयारी गरिएको चलचित्रको छायांकन केहि महिनामा सुरु हुनेछ। प्याट्रिक सुवेदी र रमेश ढकालको निर्माणमा चलचित्र तयार हुनेछ।