‘माइतीघर’ शिर्ष गीतमा ५० लाख खर्च भएको निर्माताको दावी


रोहित अधिकारीको निर्माणमा तयार भएको चलचित्र ‘माइतीघर’ असोज १३ गतेबाट रिलिजको तयारीमा रहेको छ। आफ्नो प्रचारलाई तीव्रता दिईरहेको चलचित्र टिमले शिर्ष गीत रिलिजको तयारी गरेको छ। केहि समय अगाडी ११ दिन लगाएर चलचित्रको शिर्ष गीतको छायांकन गरिएक चलचित्रको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको गीतको भिडियोको छायांकन केहि समय अगाडी बाग्लुङमा गरिएको थियो।


तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य यसमा राखेको छैन । सबै नयाँ शैलीमा नै खिचिएको अधिकारीको भनाई छ । गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी छ । मुख्य कलाकारहरु उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेको भिडियोको खर्च ५० लाख रहेको निर्माता रोहित अधिकारीले दावी गरेका छन्। भिडियोमा कोसरको जम्बो टोलि राखिएको कारण पनि भिडियोको बजेट महँगो बनेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन्। एउटा ऐतिहासिक गीत भएका कारण पनि भिडियो मेकिङमा कुनै संझौता नगरिएको निर्माताको दाबी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा बनेको चलचित्रलाई मिलन तामाङको निर्देशन गरेका छन्।

यो गीतको भिडियो आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।


चलचित्रमा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको चलचित्रमा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

प्रतिक्रिया दिनुहोस्