हलमा तीन नेपाली चलचित्र ‘माग्ने राजा’ ,’जनै हराएको मान्छे’ र ‘ताराहरु’ रिलिज


भदौ ६ गतेबाट बक्स अफिसमा ३ नेपाली चलचित्र रिलिज भएका छन्। असार र साउनमा सुस्ताएको चलचित्र बजारको प्रतिस्पर्धा भदौ लागेपछि जुर्मुराएको छ । फरक विधा र स्वादका तीन नेपाली चलचित्रहरु ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन्।

तीन चलचित्रमा चर्चाका आधारमा ‘माग्ने राजा’ देखिएको छ। यो चलचित्रलाई प्रदर्शकले देशव्यापी १४५ शोज दिएका छन् । ऋषि लामिछाने निर्देशित चलचित्रमा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय छ । मुनाला घिमिरेको निर्माणमा रहेको चलचित्रका प्रचार सामग्रीलाई दर्शकले रुचाएका छन्। सोहि कारण पनि हलमा यसको क्रेज देखिएको छ। बिहानबाट नै चलचित्रको टिम दर्शक भेट्न पुगिरहेको छ।

११५ हाराहारीको शो संख्या सहित रिलिज भएको चलचित्र ‘जनै हराएको मान्छे’ को प्रिमियर प्रतिक्रिया उत्कृष्ट रहेको छ । अब्बल अभिनय गर्ने कलाकारको रुपमा परिचित विजय बराल, केकी अधिकारी, गौरव पहारी, मिरुना मगर लगायतका कलाकारको बाहुल्यत रहेको चलचित्रको टिम पनि बिहानबाट दर्सक भेट्न पुगिरहेको छ। अब्बल प्रतिक्रिया रहेको चलचित्रले व्यापार राम्रो गर्ने अपेक्षा गरिएको छ । सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपाङ्गी मगर, सुमन थापा लगायत अभिनय रहेको चलचित्रमा हिमाल न्यौपानेको निर्देशन र कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण रहेको छ।

३० शोमा सिमित रहेको चलचित्र ‘ताराहरु’ लाई आशान्त शर्माले निर्देशन गरेका हुन्। यस चलचित्रमा आशान्तको साथमा मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्