विपिन र केकीको ‘काजी’ मुहर्त, स्याङ्जामा खिच्ने तयारी
विपिन कार्की र केकी अधिकारी प्रमुख भूमिकामा रहने चलचित्र ‘काजी’ को मुहर्त गरिएको छ। लक्ष्मण रिजालको निर्देशन तयार हुने चलचित्रको शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । चलचित्रको निर्माण टिम शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्केको छ ।

भदौ ८ गते आइतबारबाट चलचित्रको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए । आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सोसल लभस्टोरी चलचित्रलाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् । चलचित्रको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको उनले जानकारी दिए ।

चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य कलाकार को-को रहेका छन् भन्ने विस्तारै सार्वजनिक गर्दै जाने जानकारी निर्माण टिमले दिएको छ । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रलाई चिन्तनराज भण्डारीले खिच्दै छन् ।