बेलुकीको शोमा ‘माग्ने राजा’ को अकुपेन्सी उच्च


आज भदौ ६ गतेबाट रिलिज भएको चलचित्र ‘माग्ने राजा’ को बेलुकीको अकुपेन्सी राम्रो देखिएको छ। उच्च हाइपको साथमा हलमा रिलिज भएको चलचित्र लाई प्रदर्शकले राम्रो शो दिएका छन्। पाएका शोमा ठिकठाक अकुपेन्सीका साथ प्रदर्शन सुरु गरेको चलचित्रको बेलुकीको अकुपेन्सी राम्रो देखिएको हो।

बिहानबाट नै चलचित्रको टिम दर्शक भेट्न हल- हलमा पुगिरहेको छ। यसको प्रभाव पनि हलमा राम्रो देखिएको छ। काठमान्डौ उपत्यकाका केहि हल र बाहिरका हलपनि बेलुकीको शोमा हाउसफुल देखिएका छन्। यसको प्रभाब भोलिको बुकिङ्गमा पनि देखिने पक्का रहेको छ।

ऋषि लामिछानेको निर्देशन र मुनाल घिमिरे निर्मित चलचित्रमा केदार घिमिरे, बर्षा शिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई सामिप्यराज तिमल्सिनाले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्