कस्तो लाग्यो अनमोल, जसिता र आंचलको ‘जेरी अन टप’ टिजर ?
चर्चा र प्रतीक्षामा रहेको चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ। सरोज न्यौपानेको प्रस्तुतीमा सुयोग गुरुङले निर्देशन गरेको चलचित्रको टिजर आकर्षक देखिएको छ। उच्च मेकिङ्ग भ्यालु देखिएको टिजर दर्शकका लागी रुचिकर हुने देखिन्छ। अनमोल केसी, आंचल शर्मा र जसिता गुरुङ्गको त्रिकोणात्मक प्रेमकथाको साथमा अन्य धेरै रोचक कुरा टिजरमा समावेश गरिएको छ। केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतलाई पनि टिजरमा स्थान दिईएको छ।

सरोज न्यौपानेको प्रस्तुती र अनन्या फिल्म्स प्रोडक्सनको निर्माणमा तयार भएको चलचित्रको निर्मातामा भविष्य खड्का, रोविन शेरचन, राम कृष्ण श्रेष्ठ, दिपक भण्डारी र अनन्या रहेका छन्।
अनिरुद्र गिरि र इश्वर श्रेष्ठ चलचित्रको कार्यकरी निर्माता हुन्। दुलिप रेग्मीले खिचेको चलचित्रलाई मिमेश श्रेष्ठले सम्पदान गरेका छन्।