तीजमा बिहानबाट नै आक्रामक ‘माग्ने राजा’
भदौ ६ गते शुक्रबारबाट रिलिज भएको चलचित्र ‘माग्ने राजा’ हरितालिका तीजको दिनबाट आक्रमक व्यापार गरिरहेको छ। तीजको विदाको फाइदा यो चलचित्रलाई मिलेको छ। बिहानबाट अकुपेन्सी उच्च रहेको चलचित्रको मध्यान्हबाट टिकट पाउन मुस्किल अवस्था देखिएको छ।

शुक्रबार उत्साहजनक र शनिबार आक्रामक व्यापार गरेको चलचित्रको टिकट पाउन गाह्रो भएको भन्दै कलाकार केदार प्रसाद घिमिरेले सामाजिक संजालमा पोष्ट गरेका छन् । आइतबार र सोमबार व्यापारमा केहि कम भएपनि मंगलबार पुन: हलमा दर्शक फर्किएका छन्।
वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ऋषि लामिछानेको निर्देशन र मुनाल घिमिरेको निर्माण रहेको छ।