केदारले आफुले भन्दा बढी पारिश्रमिक डिजर्भ गर्ने अनमोलको जवाफ
नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकको बहस बेला बखतमा चलिरहेको हुन्छ। महँगो पारिश्रमिक लिने मामिलामा अनमोल केसीको चर्चा सधै पहिलो नम्बरमा हुने गर्दछ। तर उनि भन्दा महँगो पारिश्रमिक लिने कलाकार नेपाली चलचित्र क्षेत्रमा रहेका छन् । अभिनेता दयाहाङ राइले ६० लाख बढी पारिश्रमिक लिएको चर्चा छ। अभिनेता केदार घिमिरेले ५१ लाख पारिश्रमिक लिएको त पुष्टि नै भैसकेको छ।

अनमोल र केदार दुवैले एकै चलचित्रमा अभिनय गरेका छन् । चलचित्र ‘जेरी अन टप’ मा दुवैले काम गरेका छन्। यहि चलचित्रको टिजर रिलिज कार्यक्रममा पारिश्रमिकको बहस फेरी एकपटक चल्यो। दुवै एकसाथ भएको कारण पनि यो बिषय निस्किएको थियो।
दुवै संगै भएपछी अनमोललाई प्रश्न गरियो ‘अहिले कत्तिको खुसी हुनुहुन्छ ? बजारमा अनमोल सबैभन्दा महँगो नायक भनिन्थ्यो । अहिले त्यो माग्ने बूढामा सरेको छ । त्यो कुराले कत्तिको खुसी हुनुहुन्छ र दुःखी हुनुहुन्छ ?’
त्यो प्रश्न पछि केदार र अनमोल संगै उभिन्छन् र अनमोलले मुस्कुराउदै उहाको उमेर, उर्जा र चलचित्र क्षेत्र प्रतिको लगावको कारण अझ बढी पारिश्रमिक डिजर्भ गर्ने बताउछन्। यो कुरा सुनेपछि केदारलाई गरिएको सोहि प्रश्नमा उनले धन्यवाद मात्र दिन्छन्। उच्च मेकिङ्ग साथ सार्वजनिक गरिएको टिजर दर्शकले रुचाइरहेका छन् । यो चलचित्र असोज ३१ गतेबाट रिलिज हुँदैछ।