‘महादशा’ मार्फत निर्देशनमा डेव्यु गर्दै किरण नेपाली


चलचित्र निर्माणमा सक्रिया रहेका किरण नेपाली अव निर्देशनमा डेव्यु गर्ने भएका छन्। बुधाबर प्रि- टिजर रिलिज गर्दै चलचित्र ‘महादशा’ को निर्माण घोषणा गरिएको हो।

लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने चलचित्रको प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ।

मनिष गौतमले लेखेको चलचित्रमा राजे के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।चलचित्रले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्