नेपाल सहित ४२ देशमा एकसाथ रिलिज भयो ‘कोशेढुंगा’


भदौ १२ गते बिहिबारबाट नेपाली चलचित्र ‘कोशेढुंगा’ रिलिज भएको छ। नेपाल सहित ४२ बढी देशमा चलचित्र एकसाथ रिलिज भएको हो।


चलचित्रमा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ ।

प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। ‘कोशेढुंगा’ लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्