धीरज र ‘ऐरी’ टीमको १४ करोड बढीको विवाद सुल्झियो (भिडिओसहित)
चलचित्र ‘ऐरी’ टीम र अभिनेता धिरज मगर बीचको विवाद मिलेको छ। सहमित अनुसार समय नदिएको भन्दै निर्माताले १४ करोडभन्दा धेरै क्षतिपूर्ति मागदावी गरी उनीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका दिए । ऐरी फिल्मको निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले दिएको उजुरी २ भदौमा संघमा दर्ता भएको थियो । उजुरीपछि चलचित्र निर्माता संघले बुधबार धीरज र फिल्मका निर्मालाई बोलाएर छलफल गरेको थियो । छलफलपछि संघको रोहबरमा दुवैपक्षबीच सहमति भएको छ।

अक्टोबर ५ देखि नोभेम्बर १५ सम्म चलचित्रको छायांकन समय तोकिएको छ । यो समयमा धीरज उपस्थित हुनेछन् । यदि मिति तलमाथि भएमा दुई पक्ष बसेर आपसी छलफल गरी अघि बढ्ने भनी दुवै पक्ष सहमत भएका छन् ।
https://www.facebook.com/share/v/1CGZqnrVpf
निर्माताले १४ करोड बराबरको क्षतिपूर्ति माग नभएको बताए। सहमतिपछि मिडियासंगको छोटो कुराकानीमा उनले आफ्नो चलचित्र बजेट यो बराबरको भएको तर त्यस्तो माग उल्लेख नभएको बताए। समाचार बाहिरिएको बिषयमा पनि उनको गुनासो देखियो। त्यस्तै अभिनेता धिरजका म्यानेजर कुमारले पनि सहमति भएको र माग दावीको बिषय निर्माताको भएको र यो सहि नभएको बताए। बीचमा संवाद टुटेको र त्यसको प्रभाव मात्र परेको दुवै पक्षको दावी देखियो। धीरजले १६ दिनमात्र ‘ऐरी’को छायांकन गरेको तर, सहमतिअनुसार बाँकी २८ दिन नआएको निर्माताले आरोप लगाएका थिए ।