गीतकार गणेश उप्रेतीको “सिँदुर” म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ I अहिलेको लोकप्रिय गायिका पुनम गुरुङको सुमधुर आवाजमा सजिएको सुमधुर गीत “सिँदुर” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिनु गुरुङको अभिनय रहेको सो म्युजिक भिडियो पुनम गुरुङ अफिसियल यूटुब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो ।
यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने सङ्गीत संयोजन न्हुछे महर्जनले गरेका छन् । यो गीतले दर्शकको मन अत्यधिक जित्ने विश्वास उनीहरूको छ । एक दशक देखी गीत सङ्गीतमा क्रियाशील रहेका गणेश उप्रेतीको हालसालै तीज गीत “ए साथी सँगी हो” लगायत “तिम्रो दिलको”“लगन जुरेर” “लाइदेउ माया” “नजर को गुलेली” “जाले रुमाल ” “दिल यहाँ ”जस्ता दर्जन बढी चर्चित गीतहरू यस अघि नै सार्वजनिक भैसकेका छन् ।