यश कुमार र स्मिताको ‘हल्का हल्का’ सार्वजनिक
गायक यश कुमारले नयाँ गीत ‘हल्का हल्का’ को भिडियो सार्वजनिक भएको छ। बरिष्ठ निर्देशक तुलसी घिमिरेको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो। गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतमा गायिका स्मिता प्रधानले स्वर दिएकी छिन्।

यो गीतको भिडियामा यश र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुसँगै राजेश घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ । यसको निर्देशन यश कुमारले नै गरेका हुन् । हरि हुँमागाईले खिचेको गीतको भिडियोमा विकास धमलाको सम्पादन तथा कलर रहेको छ।