चलचित्र ‘द प्रोफेस्नल गाइज’ को टाइटल एनाउन्समेन्ट


नयाँ नेपाली चलचित्र ‘द प्रोफेस्नल गाइज’ को टाइटल एनाउन्समेन्ट भएको छ। जेकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको काठमाडौंको सुकेधारा स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा टाइटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा चलचित्र प्रेमी दर्शकको उपस्थिति रहेको थियो ।

चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ हुन् । चलचित्रको सह-लेखक एवं सिर्जनात्मक निर्देशकमा अमन श्रेष्ठ रहेका छन् । चलचित्रको प्रदर्शन मिति, जनरा, कलाकार लगायत चलचित्रसंग सम्बन्धित बिषयहरु अहिले निर्माण टिमले खुलाएको छैन। निर्माण टिमले विस्तारै चलचित्रको सम्पूर्ण जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्