‘जारी-२’ को नयाँ गीत ‘अम्लारी फूल’ सार्वजनिक
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ को नयाँ गीत रिलिज भएको छ। अभिज्ञा घिमिरे र बिकास लिम्वुको आवाजमा रहेको ‘अम्लारी’ बोलको गीत सार्वजनिक गरिएको हो। सुष्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत रहेको छ।

चलचित्रका लेखक निर्देशक उपेन्द्र सुब्बा हुन्।चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।