सौगात ,दयाहाङ र तेरिया संगै ‘मितज्यु’ मा अरुण


अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’ मा अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार अनुबन्ध गरेको हो। यसअघि अरुणले ‘खुश्मा’ मा अभिनय गरेका थिए। यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले चलचित्रलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ।

महेश राईको कथा रहेको चलचित्रका निर्माता जनक घर्ती मगर हुन्। यसअघि उनले ‘घरज्वाइँ’ निर्माण गरेका थिए। निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुने चलचित्र मंसिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानबाट छायांकन सुरु गरिनेछ। चलचित्र चैत २७ गतेबाट प्रदर्शनमा आउने छ।

प्रतिक्रिया दिनुहोस्