सामाजिक सञ्जाल बन्दको प्रभाव: चलचित्रको प्रचार देखि कन्टेन्ट रिलिज सम्म अन्योलमा


यतिबेला नेपालमा सामाजिक संजालका केहि प्लेटफर्महरु बन्द रहेका छन्। दर्ता प्रक्रियामा नआएको भन्दै नेपाल सरकारले फेसबुक, युट्युव, वाट्सएप लगायतका दर्जनौ एपहरु बन्द गरेको छ। यसले आम मानिसको जनजीवन देखि चलचित्रको व्यापारसम्म असर पारेको छ। बिशेष गरि रिलिजको समयमा रहेका चलचित्र यसको मारमा परेका छन्।

भदौ २७ गतेबाट चलचित्र ‘अभिमन्यु’ रिलिज हुँदैछ। माझिएका तर केहि छायाँमा परेका कलाकारको अभिनय रहेको चलचित्रको ट्रेलरले उत्साह पैदा गरेको थियो। निर्माण टिम प्रचारप्रसारमा पनि जुटिरहेको छ। तर दर्शकमाझ पुग्न सजिला माध्यम फेसबुक देखि टिकटक बन्द भएपछि टिकटकमा प्रचारमा टिम जुटेको छ। तर यसको प्रभावकारिता कस्तो हुने हेर्न बाँकि रहेको छ।

असोज ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जारी २’ बर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको छ । यसका प्रचार सामाग्रीहरु धमाधम सार्वजनिक हुनु पर्ने हो। मिडिया प्रचारमा कलाकारको व्यस्तता पनि देखिनु पर्ने हो। तर अहिले त्यो क्रम सुस्ताएको छ।

असोज १३ गते दशैँको फूलपातीबाट ३ प्रतिक्षित चलचित्र रिलिज हुदैँछन्। ‘हरिबहादुरको जुत्ता’ टिम सामाजिक संजालको प्रचारप्रसारमा निकै तीव्र रुपमा जुटेको थियो। तर अकस्मात सरकारले गरेको निर्माणको कारण एक गीत र ट्रेलर रिलिज अन्योलमा परेको छ। डिजिटल मिडियामाको प्रचारसंगै टिम फिजिकल प्रचारमा जुटेको छ। देशभर २० हजार भन्दा धेरै स्टिकर, ५०० भन्दा धेरै स्ट्याण्डि र १०० भन्दा धेरै ठाउँमा हाईवे बोडहरु राख्न सुरु गर्दै र देशभर संचालन हुने बसहरुमा निरन्तर चलचित्रको प्रचार प्रसारलाई अगाडी बढाएको निर्माता सरोज ओलीले जानकारी गराएका छन्।

अर्को चलचित्र ‘बलिदान’ केहि दिन अगाडी नै आफ्नो चलचित्रको गीत रिलिज तयारीमा रहेको थियो। तर निर्माण टिमले विषम परिस्थितिको कारण चलचित्रको गीत सार्वजनिक हुन् सकेन। अन्य प्रचारलाई कसरि अगाडी बढाउने भन्ने अन्योलता चलचित्रको टिममा पनि देखिएको छ।

चलचित्र ‘माइतिघर’ ले सामाजिक संजाल बन्द भएपछि आइतबारबाट हलमा ट्रेलर प्रदर्शन सुरुवात गरेको छ। हलमा रिलिज भएका चलचित्रको बीचमा ट्रेलर दर्शकले हेर्न पाउनेछन् । अन्य प्रचार सामग्री चलचित्रको टिमले पनि सार्वजनिक गर्न सकेको छैन।

चलचित्रसंगै संगीत क्षेत्रको अवस्था पनि अहिले उस्तै बनेको छ। युट्युवनै पहिलो रोजाई रहेको र त्यहि नै कमाईको बलियो आधार भएको कारण गीतहरु युट्युवमा सार्वजनिक हुने गर्दछन्। बन्द भएको कारण रिलिज सेड्युल धमाधम स्थगित भैरहेका छन्।

प्रतिक्रिया दिनुहोस्