GEN – Z को समर्थनमा सेलिब्रेटीको साथ
देशभर मौलाएको भ्रष्टचार र सामाजिक संजाल बन्दको बिरोधमा GEN – Z पुस्ताले एक भएर सडकमा उत्रने निर्णय गरिसकेको छ। यो अभिनयले सामाजिक संजालमा व्यापक स्थान पाइरहेको छ।

मेयर बालेन शाह देखि सेलिब्रेटीसम्म यो अभियानको समर्थनमा जुटेका छन् । अभिनेता अनमोल केसीले आफ्नो सामाजिक संजालमार्फत यो अभियानमा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्। उनले अहिले सामाजिक संजाल बन्दको कारणले अभिव्यक्ति स्वतन्त्रतामा समेत हनन भएको उल्लेख गरेका छन्।



त्यस्तै अभिनेता पल शाह, अभिनेत्री केकी अधिकारी, अभिनेत्री ऋचा शर्मा, निश्चल बस्नेत लगायतले पनि यो अभियानमा आफ्नु समर्थन जनाएका छन्। यो अभियानमा निर्देशक तथा निर्माता सन्तोष शेन, अभिनेत्री दिव्या रायमाझी लगायत दर्जनौ सेलिब्रेटी पनि जोडिएका छन्।