‘आफ्ना नागरिकलाई जोगाउन असफल भएको सरकारले यो देशलाई शासन गर्ने कुनै अधिकार राख्दैन।’- पल शाह


यतिबेला जेन्जी पुस्ता सडकमा रहेको छ। हिजोबाट सुरुवात भएको भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनलाई सरकारले बल प्रयोग गरेर दबाउदा २० जना बढीको निधन भएको छ भने ४०० बढी घाइते भएका छन्। टिकटकबाट आन्दोलन सुरु गर्दै सडकमा उत्रिएको यो पुस्ताले दोश्रो दिन झनै कडा अन्दोलन बनाएको छ।

यहि बीचमा सेलिब्रेटी देखि आम पुस्ता जेन्जीको समर्थनमा उत्रिएको छ। अभिनेता पल शाहले आफ्ना नागरिकलाई जोगाउन असफल भएको बताएका छन्।
उनि लेख्छन्,आफ्ना नागरिकलाई जोगाउन असफल भएको सरकारले यो देशलाई शासन गर्ने कुनै अधिकार राख्दैन।
यि भाईहरुको लासले तिमिहरुलाई सराप्ने छ !!’

प्रतिक्रिया दिनुहोस्