सोमबारबाट चलचित्र हल संचालनमा आए


भदौ २४ गते देखि देशभरका हलहरु बन्द भएका थिए। जेनजी आन्दोलनले देशभर फैलिएको वितण्डाको कारण हलहरु बन्द भएका थिए। नेपाल चलचित्र संघ ( हलवाला र वितरकहरूको छाता संस्था) ले आइतबारको बैठकपछि आवश्यक सुरक्षा सतर्कता अपनाएर हल खोल्ने निर्णय गरेको थियो। सोहि अनुसार बन्द हलहरु सोमबारबाट खुलेका हुन्।

हल खुलेपछि नेपाली र अन्य भाषाका चलचित्रको हलमा प्रदर्शनलाई निरन्तरता दिइएको छ । नेपाली चलचित्रहरु ‘रिमै’, ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘मोहर’, ‘गुन्यो चोलो’ ले प्रदर्शनलाई निरन्तरता दिएका छन्। विराटनगरको क्यूएफएक्स हल आन्दोलनको क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएको कारण संचालनमा आउन सकेको छैन । अन्य हलहरु भने पूर्ण रुपमा संचालनमा आएका छन्। नयाँ चलचित्र असोज १३ अगाडी कुनै प्रदर्शनको लाइनअपमा रहेका छैनन्। असोज ३ बाट ‘जारी २’ सरेपछि अब फूलपातीमा रिलिज तयारीमा रहेका ४ चलचित्रले हललाई पुन: पुरानै रफ्तारमा फर्काउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्