असोज ३ बाट कार्तिक ६ मा पुग्यो ‘जारी २’


असोज ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।
जेनजी पुस्ताको आन्दोलनका कारण उत्पन्न भएको परिस्थितिले प्रचारप्रसारका लागी प्रयाप्त समय नहुने भएपछि रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।

निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको एक पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ ।

दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा चलचित्रले कथा पस्कने बुझ्न सकिन्छ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा रामबाबु गुरुङ, मधु मिजारर जीवन गुरुङ हुन् । चलचित्रमा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्