कस्तो छ दया र विजयको ‘बरिष्ठ बलराम’ नयाँ पोष्टर ?
कार्तिक ६ अर्थात् तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।अनुहार थोरै बडी पार्टमा देखिएका दयाहाङ सोचमग्न छन् । विजय पनि केही सोच्दै रिसाएको भावमा कसैलाई नियालिरहेका छन् ।

अर्को पोस्टरमा मुख्य कलाकारद्वय दयाहाङ र विजय छन् । जसमा यी दुई एकअर्काविरुद्ध उत्रिएका छन् । घम्साघम्सी गरिरहेको यो पोस्टरले उनीहरू दुई आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको प्रष्ट पार्छ । जो एकले अर्कोलाई सक्काएर आफू वरिष्ठ भएको प्रमाणित गर्न चाहने यो पोस्टरले संकेत गरेको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।