चलचित्र ‘माइतिघर’ को ट्रेलर सार्वजनिक


असोज १३ गते दशैँको फूलपातीबाट रिलिज तयारीमा रहेको चलचित्र ‘माइतिघर’ को ट्रेलर सार्वजनिक भएको छ । रोहित अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्रको ट्रेलरमा प्रमुख कलाकारलाई स्थान दिईएको छ। केदार घिमिरे ‘माग्ने बुढा’ लाई प्रमुख स्थान दिईएको ट्रेलर रमाइलो , पारिवारिक र केहि भावुक देखिएको छ।

प्रकाश सपुत र उपासना सिंह ठकुरीको प्रेममा धिरज मगरको प्रवेश र त्यसपछि भएको उतारचढावको कथा ट्रेलरमा देखिएको छ। तामाङ्ग समुदाय र यसको संस्कृतिको झल्को पनि ट्रेलरमा देख्न सकिन्छ।

मिलन तामाङ्गको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङ्ग निर्माताको रुपमा रहेका छन्। चलचित्रमा श्यामा श्री शेर्पा, बुद्धि तामाङ्ग, शिशिर वाङ्ग्देल, युवराज लामा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्