पोष्टर रिलिज गर्दै माघ ९ गते सुशीलको ‘परिवर्तन’ रिलिज तय
अभिनेता सुशील श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘परिवर्तन’ को पोष्टर रिलिज भएको छ। पोष्टर रिलिज संगै चलचित्रको निर्माण टिमले माघ ९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतरमा प्रस्तुत गरिएको छ। जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ। सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ।

दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशीलको साथमा अञ्जना बराइली, सरोज खनाल,करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारहरूको मुख्य भूमिका छ। विजय केरुङले निर्देशन गरेको चलचित्रको कथा तथा निर्माण दीपक सिवाकोटीको छ। चलचित्रको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ।