‘लज्जावती’को शुभमुहूर्त संगै छायांकन सुरु
राज बहादुर सानेको निर्देशनमा तयार हुने चलचित्र ‘लज्जावती’ को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर चलचित्रको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।

चलचित्रको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् ।चलचित्रका कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा छायांकन गरिएको चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक साने बताउँछन् ।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको चलचित्रलाई दिव्यराज सुवेदीले खिच्नेछन् ।
काठमाडौं आसपासमा छायांकन गरिने चलचित्रमा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।