दयाहाङ पछि ‘पेन्सनपट्टा’ मा विश्वास र माया अनुबन्धित


माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोश्रो चलचित्र ‘पेन्सनपट्टा ’मा गुरुङ चलचित्रका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् ।

गुरुङ चलचित्रका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ चलचित्रबाट पहिलो पटक नेपाली रजतपटमा डेव्यु गर्न उत्साहीत रहेको बताउँछन् ।

कार्तिकबाट फ्लोरमा निस्कने यो चलचित्रको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि चलचित्रले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले बताँछन् ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । चलचित्रको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्