‘आ बाट आमा’ को छायाकन सकियो, चन्द्र पन्तसंग फेरी सहकार्य गर्दै पल शाह


चलचित्र ‘आ बाट आमा’को २५ दिनमा छायांकन सम्पन्न भएको छ। चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रको छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट सुरुवात गरिएको थियो। एक महिनाको सेड्युलमा छायांकन थालेता पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतका कारण ५ दिन अगावै फिल्मको सुटिङ सकिएको निर्देशक पन्तले जानकारी दिएका छन्।

चलचित्रमा पल शाह,प्रदीप रावत,विपना थापा, गजित बिष्ट,साइग्रेस पोखरेल,सिम्रन पन्त,उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। आमा र सन्तानबीचको माया, ममता तथा स्नेहको कथालाई चलचित्रले भन्नेछ।


यो चलचित्रको छायांकन सकिए लगत्तै चन्द्रले पललाई नयाँ चलचित्रमा अनुबन्ध गरेका छन्। निर्देशक पन्तले चलचित्रको नाम र अन्य कलाकारको बारेमा केहि दिनपछि जानकारी दिने बताए। अहिलेलाई अभिनेताका रुपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने उनको भनाई छ। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको डिओपीमा नवराज उप्रेती रहेका छन्। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार खरिद गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्