‘हर्ष’ को ‘सिठ्ठी मार’ गीत रिलिज


मंसिर १२ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘हर्ष’को नयाँ गीत सार्वजनिक भएको छ। दशैंलाई लक्षित गर्दै चलचित्रमा समावेश पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरिएको छ । डान्सिङ शैलीको गीतमा एलिस कार्कीको संगीत, पवित्रा घिमिरेको शब्द रचना र प्रताप दास र सदीक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । गीतमा हर्ष, उमङ्ग, खुसी र उत्साहको भाव मिश्रित छ । गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारको साथमा कोरियोग्राफर सुनिल क्षेत्री र चलचित्रकी निर्देशक एकता पौडेलले नृत्य गरेका छन्।

विवाह, दही-चिउरा र होलीको माहोलमा तयार भिडियोमा चलचित्रका कलाकारहरु वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, माओत्से गुरुङ लगायतलाई पनि देख्न सकिन्छ ।

स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी रहेकी एकताले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेकी हुन् । यसमा उनी स्वयंको लेखन रहेको छ । विकाश पौडेल निर्माता र हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्र अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा बनेको हो।

चलचित्रमा निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्