‘जेरी अन टप’ को ‘कुरौनी’ लाई दर्शकबाट प्रशंसा (भिडियो)
असोज ३१ बाट प्रदर्शनमा आउने चलचित्र ‘जेरी अन टप’ मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार साँझ चलचित्रमा सनावेस्व्ह गीत ‘कुरौनी’ लाई दर्शकबाट प्रशंसा मिलिरहेको छ। संगीतकार कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द समावेश गीतमा गायिका सोमिया वराइलीले दिएकी छिन् ।

करिव ८ लाख पटक हेरिएको गीतमा १७ सय बढी प्रतिक्रिया मिलेको छ । गीत हेर्ने अधिकांश दर्शकले प्रसंसा गरेका छन्। भिडियोमा अनमोल केसी र जसिता गुरुङ्गको डान्स देख्न सकिन्छ। दर्शकले यो जोडीलाई पर्फेक्ट जोडीको उपमा दिएका छन्। आंचल शर्मा समेत प्रस्तुत भिडियोमा किरण थापाको कोरियोग्राफी रहेको छ ।
‘जेरी अन टप’मै समावेश केहि दिन पहिले सार्वजनिक ‘कस्तूरी’ बोलको गीत पनि यतिबेला फेसबुक, युट्यूव, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा ट्रेण्डिङमा नै छ ।
अनन्या फिल्मस् को ब्यानरमा तयार चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा बनेको चलचित्रमा अनमोल, जसीता र आँचल सँगै , केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त प्रमुख कलाकार छन् । हेमराज बिसीको कथामा बनेको यो चलचित्रमा पटकथा विस्वास तिमिल्सिनाको छ ।





