मैझारोको ‘साकेला नाचौ’ मा नाचे दयाहाङ,दीया,धिरज र मिरुना


दसैंको पुर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङको रहेको छ भने संगीत तोरेम्पाहाङ राईले भरेका छन्।

भिडियोमा दयाहाङ राई,दीया पुन,धिरज मगर र मिरुना मगर छन्। उनीहरुले साकेला नाचेका छन्। नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच्दै आएका छन्। किराँतहरूको धान रोप्ने र बाली भित्र्याउने पर्वका रूपमा साकेला मनाउने गरिन्छ।

लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित यो चलचित्रमा कथा अनुसार कै गीत मिलाइएको निर्माण पक्षको भनाई छ। चलचित्रको यसअघि रिलिज भएको पोस्टर,टिजर र गीतले दर्शकको मा जितिसकेको छ ।

हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय चलचित्र नेपाली मौलिक प्रेम कथामा आधारित रहेको छ। चलचित्रमा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ। ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको चलचित्र कार्तिक ७ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्