‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा


रिलिज मिति नजिकिदै गर्दा सार्वजनिक भएको चलचित्र ‘जेरी अन टप’ को ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ ।

हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै दर्जन बढि देशमा यो ट्रेलर युट्यूवमा उत्कृष्ट १० ट्रेण्डिङ भित्र छ । नेपालसँगै नेपालीहरूको बाहुल्यता रहेका देशहरूमा यो ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ। ३ लाख ४० हजार पटक हेरिसकिएको चलचित्रको ट्रेलरमा ३ हजार बढी कमेन्ट छन्। दर्शकले चलचित्रको ट्रेलरलाई मन पराएका छन्। बिशेष गरि चलचित्रको मेकिङ्गको प्रसंसा कमेन्टमा देख्न सकिन्छ।

युवापुस्ताका सर्वाधिक सफल रोमान्टिक हिरो अनमोल केसी करिब डेढ बर्षपछि पर्दामा देखिन लागेका हुन् । सोहि कारण पनि यो चलचित्रलाई प्रतिक्षित मानिएको छ । सुयोग गुरुङ्गको निर्देशन, सरोज न्यौपानेको निर्माण र अनन्या फिल्मस् को ब्यानरमा तयार ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त, उषा खड्गी अभिनयमा छन् । असोज ३१ गतेबाट चलचित्र प्रदर्शनमा आउंदैछ।

प्रतिक्रिया दिनुहोस्