अन्तरजातीय प्रेम कथामा प्रकाश र परीक्षाको ‘सोल्टिनी’ ट्रेलर


प्रकाश सपुत र परिक्षा लिम्बू प्रमुख भूमिकामा रहेको चलचित्र ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक भएको छ। कार्तिक ६ गते भाईटिकाबाट रिलिज तयारीमा रहेको चलचित्रको ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो। ट्रेलरमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेम र त्यसमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ।

अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। अर्जुन सुवेदी निर्देशित चलचित्रमा प्रकाश र परिक्षाको साथमा सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्