सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडामा ‘परान’ ट्रेलर
कार्तिक १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परान’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर लन्च गरिएको हो । चलचित्रको ट्रेलरमा सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा देखाइएको छ।

बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई चलचित्रको ट्रेलरमा प्रस्तुत गरिएको छ। चलचित्रको प्रमुख भूमिकामा बरिष्ठ अभिनेता निर शाह रहेका छन्। उनको अभिनय ट्रेलरमा आकर्षक देखिएको छ।
‘परान’लाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस चलचित्रको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले चलचित्र निर्माण गरेको हो।
चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकार। महेश त्रिपाठी , अञ्जना बराइल,, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।